• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

धेरै पक्षमा सुधार आवश्यक छ–कप्तान इन्दु



काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एशिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्ष सुधार गर्नुपर्ने बताउनुभएको छ ।

श्रीलंकामा जारी महिला एसिया कपमा खेलेर स्वदेश फर्कने क्रममा कप्तान इन्दु भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको औंल्याउनुभएको हो ।

एशिया कपमा ऐतिहासिक सफलता निकाले पनि ठूला टोलीविरुद्ध जित निकाल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गरे भारत र पाकिस्तानसँग जित्न सकिने बताउनु भयो । महिला ट्वान्टी–२० एसिया कपमा सहभागिता जनाएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का कार्यवाहक सदस्यसचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गर्नुभएको थियो । प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकाल्यो । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।

एशिया कप इतिहासमा नेपालको यो पहिलो जित हो । जसरी नै युएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल पनि भएको नेपालकी कप्तान इन्दुले बताउनु भयो । पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य राखे पनि सोचेअनरूप हुन नसकेको उनको भनाइ छ । तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको कप्तान इन्दुको विश्वास छ ।

नेपालले पाकिस्तानसँग नौ विकेट र भारतसँग ८२ रनको हार व्यहोरेको थियो । नेपालले फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती गरेको थियो । तर फ्लड लाइटका कारण धेरै समस्या नभएको नेपाली टोलीकी कप्तान इन्दुले बताउनु भयो । भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उहाँले बताउनुभएको छ ।

तेस्रो पटक एशिया कप खेलेको नेपालले ऐतिहासिक सफलता निकाले पनि समूहचरण पार गर्न सकेन । एशिया कपको इतिहासमा आफ्नो कुल ११ खेलमा एक जितसहित नेपाल फर्किएको हो ।