२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदमा बहुमत पुर्‍याउन चलखेल भयो: रास्वपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउने हेतुले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको आशंका गरेको छ । बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकपछि बोल्दै पार्टीका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन्।

पत्रका विषयमा पार्टीले अनौपचारिकरूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको उनको भनाइ छ । ‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन । ’, उनले भने ।

पत्रको एउटामात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको झाले बताए । यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको बताउदै उनले भने, ‘यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन र यसको प्रभाव पनि कतै परेको छैन ।’

संवैधानिक परिषदका लागि यो सबै चलखेल भएको हो कि भन्ने आशंका पार्टीलाई रहेको प्रवक्ता झाले बताए । उपसभामुख अहिले पार्टीको सदस्य नभएको भन्दै झाले भने, ‘उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्न । यो विषयमा संसद सचिवालय र राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । त्यहाँ के छलफल र निर्णय हुन्छ, त्यसको आधारमा हामी थप धारणा बनाउनेछौं ।’