२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार



अ+ अ-

काठमाडौँ । पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पूर्वमन्त्री सुदन किरातीले छलफल बहिष्कार गरेका छन् । बिहीबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादबिच भनाभन भएपछि किराती बिचैबाट उठेर हिँडेका हुन् ।

आज समितिमा नेपालको हवाई सुरक्षालगायतको विषयमा छलफल थियो । विषयवस्तुमा केन्द्रित हुँदै छलफलमा भाग लिँदै गर्दा सभापति यादवले किराँतीलाई बिचमै रोकेका थिए । त्यतिबेला सभापतिले टेक्निकलमा केन्द्रित हुन आग्रह गर्दै भनाइ छोट्याउन भनेका थिए ।

यसलगत्तै आक्रोशित भएका पूर्वमन्त्री किरातीले आफू विषयवस्तुमा नै केन्द्रित भएर भनाइ राखेको बताए ।उनले भने,’सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि । फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु? म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो ।’

थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका हुन् । सभापतिले सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको उनको आरोप छ ।




भर्खरै