२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनाबारे गहन अध्ययन गर्न र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग नेकपा एसको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकारस्ँग आग्रह गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा सौर्य एयरलाइन्स दुर्घटनाबारे गहन रुपमा अध्ययन गर्न सरकासँग आग्रह गरिएको हो ।

बैठकका बारेमा जानकारी दिँदै पार्टीका नेता जगन्नाथ खतिवडाले सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा गहन अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउनेबारे छलफल भएको बताउनु भयो । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको बताउनु भयो । उहाँले बैठकमा पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिन बैठक बसेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको महाधिवेशनले दिएको म्याण्डेटअनुसार केन्द्रिय कमिटीलाई पूर्णता दिनको निम्ति ९३ जना सर्वसम्मत भएर निर्वाचित भएको केन्द्रिय कमिटीको बैठक बसेको हो । यो बैठक २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, त्यसका मापदण्डहरु र त्यसलाई कसरी चाँडो भन्दा चाँडो सम्पनन गर्न सकिन्छ भन्ने विषयमा र यसमा के कस्ता समस्याहरु तल प्रदेशले झेलिरहनुभएको छ, त्यो प्रदेशका समस्याका बारेमा पनि छलफल गर्नेगरी आज हामी बसेका छौँ । कमिटीलाई पूर्णता दिने भन्ने विषय नै मुल कुरा हो । सौर्य एयरलाइन्सको दुर्घटनाबारे मृतकप्रति श्रद्धाञ्जली दिँदै र दुर्घटनाको बारेमा प्राविधिक पक्ष के थियो ? त्यसको छानबिन तत्काल गर्न र उपयुक्त समाधान निकाल्नुपर्ने । मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने ।’

उहाँले बैठकमा २९९ सदस्यीय केन्द्रिय सदस्यलाई पूर्णता दिने क्रममा त्यसको आधार, मापदण्ड र चाँडो सम्पन्न गर्ने भन्नेबारेमा छलफल हुने बताउनु भयो ।