• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको खबरले पूर्वराष्ट्रपति भण्डारी स्तब्ध



काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको घटनाप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् दुर्घटनामा निधन भएको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– नाइन एन–एएमई सीआरजे–७ विमान त्रिभुवन विमानस्थल परिसरमा भएको दुर्घटनामा परी १८ जना यात्रु तथा चालक दलका सदस्यहरूको ज्यान गएको खबरले म स्तब्ध भएको छु । दुर्घटनामा परी अमूल्य जीवन गुमाउने यात्रु तथा चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

पूर्वराष्ट्रपति भण्डारीले घाइते भई उपचाररत रहुनुभएका जहाजका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । शोकमा डुब्नुभएका मृतकका परिवार तथा आफन्तजनमा गहिरो समवेदनासमेत उहाँले प्रकट गर्नुभएको छ ।