२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको खबरले पूर्वराष्ट्रपति भण्डारी स्तब्ध



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको घटनाप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् दुर्घटनामा निधन भएको घटनाप्रति दु:ख व्यक्त गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– नाइन एन–एएमई सीआरजे–७ विमान त्रिभुवन विमानस्थल परिसरमा भएको दुर्घटनामा परी १८ जना यात्रु तथा चालक दलका सदस्यहरूको ज्यान गएको खबरले म स्तब्ध भएको छु । दुर्घटनामा परी अमूल्य जीवन गुमाउने यात्रु तथा चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

पूर्वराष्ट्रपति भण्डारीले घाइते भई उपचाररत रहुनुभएका जहाजका क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । शोकमा डुब्नुभएका मृतकका परिवार तथा आफन्तजनमा गहिरो समवेदनासमेत उहाँले प्रकट गर्नुभएको छ ।




भर्खरै