३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य एयरलाइन्स दुर्घटना: एकै परिवारका तीन जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्स दुर्घटनामा परी एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् । बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनामा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत थिइन् ।

बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो । तर विमान उड्ने बित्तिकै दुर्घटनामा परेको थियो ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।दुर्घटनाबाट बाच्न सफल भएक पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भईरहेको छ ।