२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा घाइते क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?



अ+ अ-

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिष शाक्यको उपचार भइरहेको छ । उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ ।

आकस्मिक कक्षमा राखेर उपचार भईरहेको क्याप्टेन शाक्यको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको अस्पतालले जनाएको छ । उनले परिवारका सदस्यहरुसँग भेटेर कुराकानी गरिरहेका छन् ।

क्याप्टेन शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसन समेत हुन् । उनले सन् २००९ बाट उडान करिअर थालेका थिए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटना भएको थियो । विमानमा सवार चालक दलका सदस्यसहित १९ जना सवार थिए । जसमध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए ।