१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल संसद बैठक बोलाउन र अध्यादेश फिर्ता लिन कांग्रेसको माग



अ+ अ-

काठमाडौ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन  र तत्काल  संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ भन्दै अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन  माग गरेको हो ।

 कांग्रेस  बैठकमा संसद्लाई थप प्रभावकारी बनाउनका साथै  पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त भएको भन्दै  छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेको छ ।  यसै गरी  उखु किसानको बक्यौता रकम  चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन पनि सरकारलाई गम्भिर रुपमा ध्यानकर्षण गराएको छ । बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुटो मुद्दा लगाई त्रास सिर्जना गर्ने काम गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप समेत लगाएको छ ।  बैठकले नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ ।