१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

आन्तरिक राजस्व कार्यालयद्वारा रु छ अर्ब ६६ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयद्वारा रु छ अर्ब ६६ करोड राजस्व सङ्कलन
अ अ+ अ-

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा रु छ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो ।

उक्त अवधिमा अन्तशुल्कतर्फ रु तीन अर्ब ३८ करोड ११ लाख २४ हजार, आयकरतर्फ रु एक अर्ब १८ करोड ७१ लाख २४ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ३७ करोड २३ लाख २५ हजार, व्याजकरतर्फ रु आठ करोड ३९ लाख ५४ हजार, घरबहालकरतर्फ रु दुई करोड नौ लाख २५ हजार र स्वास्थ्य सेवा करबाट रु ६२ करोड ४५ लाख नौ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मकवानपुरमा विगतमा सञ्चालित तीन वटा मन्दिरा उद्योग बन्द भएको तथा बालुवा, गिट्टी, ढुङ्गा उत्खननको ठेक्का नलाग्नु, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा कटौती, विभिन्न समानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायत कारणले लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो ।

यसैबीच वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातामाथि सो कार्यालयले कारबाही अघि बढाएको छ । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र ९प्यान० लिएकामध्ये करिब ५० प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले ती करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । प्रमुख भट्टराईले भन्नुभयो, “आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारबाही प्रक्रिया सुरु गरेका छौँ ।” पहिलो चरणमा आयविवरण नबुझाउने करदातालाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराइने उहाँले बताउनुभयो ।

साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताउनुभयो । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपयको मृत्यु भएको, वैदेशिक रोजगारीमा गएका र कतिपयले व्यवसाय बिक्री गरिसकेकाले समयमा आय विवरण नबुझाउनेको सङ्ख्या बढी देखिएको उहाँको बुझाइ छ । मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन् । रासस