२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा २ सय २२ जनावरको उद्धार, ७६ को मृत्यु



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उहाँले बताउनुभयो । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताउनुभयो ।

मृतावस्थामा भेटिएका जनावारमध्ये ७० जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३ सर्प, ११–११ बाघ र मगर गोहीको उद्धार गरिएको उहाँले बताउनुभयो ।

चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावार नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । रासस