९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता

संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश भट्टराई

संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश भट्टराई
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सबै राजनीतिक दलहरुसँग सहमती गरेर मात्रै संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने समेत बताउनु भयो । सचिव भट्टराईले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरुको सहमती लिने मुख्य दुई ठूला काममा सरकार केन्द्रित हुने बताउनु भयो ।

दुई ठूला दल एमाले र काँग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशा अनुसार काम गर्नु रहेको उहाँको भनाई थियो । सचिव भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि पनि सक्दो पहल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘असाधारण ढंगले काम गर्न हामी दुई ठूला दल एक ठाउँमा आएका हौं । यसका केही ऐतिहासिक दायित्वहरु छन । मूलत यसले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशा दिने, गति प्रदान गर्ने, देश भित्र लगानीको वातावरण बनाउने, वैदेशिक लगानीको निम्ति पनि उपयुक्त वातावरण बनाउने, देश भित्र रोजगारीको अवसरहरु बढाउने र विदेश पलायन भएका जनशक्तिलाई देश भित्रै कामको एउटा वातवारण बनाउने यसको मुख्य दायित्व हुनेछ । साथै देशभित्र आत्माविश्वास बढाउने, जनतामा एउटा आत्माविश्वास बढाउने, राजनीतिक दलको बीचमा सहमती निर्माण गर्ने र त्यो सहमतीमार्फत संविधानको पुरावलोकन गर्ने, समिक्षा गर्ने र आवश्यक पर्यो भने संविधान संशोधन गर्ने सहमतिका साथ ।

यसको अर्को दायित्व छ । र, यसले नेपालको विकास, निर्माणमा सहयोग गर्दै आएका दिपक्षीय, बहुपक्षीय अन्तराष्ट्रिय निकायहरु छन । उहाँहरुसँग अझै महत्वपुर्ण सम्बन्ध विकास गर्दै नेपाल भित्र वैदेशिक लगानीको एउटा वातावरण बनाउने । र यीनै कुराको माध्यामबाट देशमा उत्साहको वातावरण बनाउने उद्देश्यका साथ नेपाली काँग्रेस र नेकपा एमाले एक ठाउँमा आएका छौं । विपक्षमा रहेका दलहरुलाई सरकारको पक्षमा ल्याउने हाम्रो कोशिस हुन्छ । संविधान संशोधन गर्दा हामी दुई तिहाई बहुमत मात्रै होइन, सकेसम्म सर्वसम्मत रुपमा संविधान संशोधन गर्ने कोशिस हामी गर्नेछौं । त्यसैका लागि हाम्रो यो गठबन्धन हो ।’

सचिव भट्टराईले विपक्ष दलहरुले दिएको सुझावलाई ग्रहण गरेर सरकार अघि बढ्ने बताउनु भयो ।