७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

प्रधानमन्त्री ओली दाहाल निबास खुमलटारमा ,छलफलमा बामदेब गौतम पनि सहभागी

प्रधानमन्त्री ओली दाहाल निबास खुमलटारमा ,छलफलमा बामदेब गौतम पनि सहभागी
अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एबं प्रधानमन्त्री  केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उहाँको निवास खुमलटार पुग्नु भएको छ ।  प्रधानमन्त्री भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न खुमलटार पुग्नु भएको हो ।

दुई नेताबिचको छलफलले विगत केही समयदेखि आन्तरिक कलहमा फसेको नेपाल कम्युनिष्ट पार्टीमा आइसब्रेकको सम्भावना बढेको बुझिएको छ । अहिलेको आन्तरिक विवादलाई तत्कालका लागि पूर्ण विराम दिनेगरी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गएराति केही सहमति भएको बुझिएको छ । 

हिजो राति भएको सो सहमतिबमोजिम नै आज प्रचण्डलाई भेट्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली प्रचण्ड निवास खुमलटार जादै छन् । अहिले केही बेरमा  उनी खुमलटार जान लागेका हुन् । 

आज नै उनीहरु दुई जनाकाबीचमा पार्टीमा देखिएको विवादका बारेमा सहमति हुने भएको हो । दुई दिनअघि ओलीले एकतर्फी रुपमा अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपालाई बचाउन भएका प्रयासस्वरुप पार्टी सहमतिको यो चरणसम्म पुगेको बताइन्छ । 

हिजोमात्र दाहाल नेपाल पक्षले पार्टी जनगबर्गीय संगठनहरुको कार्यालय पेरिस डाँडामै आफू पक्षीय नेता कार्यकर्ताहरुको भेला गरेपछि आत्तिएका ओली अन्ततः सहमतिको लागि तयार भएको खुमलटार स्रोतले जनाएको छ ।