१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम

आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम
अ अ+ अ-

काठमाडौँ । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा थेरावडा सङ्घ, महायाना सङ्घ र वज्रयान सङ्घले विधिपूर्वक प्रार्थना गरेका थिए । बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अर्पण गरिएको थियो । नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीच साझा सांस्कृतिक सम्पदालाई उदाहरणका रुपमा चित्रण गरेको बताउनुभयो ।

नियोग उप–प्रमुखले श्रीवास्तवले शताब्दीयौँदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिका रुपमा रहेको धारणा राख्नुभयो । भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण नै आषाढ पूर्णिमा हो ।

विहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ का रुपमा चिन्ने गरिन्छ ।