२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ: सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम र उहाँको योगदान अविष्मरणीय रहेको बताउनु भयो । उहाँले कोईराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा भन्ने चलन छ, काँग्रेसले पढ्दै पढ्दैन भनेर । अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई । बिपी कोईरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ । राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गर्नुभयो ।