२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद भवन निर्माण कार्य सन्तोषजनक छैन, छिटो सक्नुपर्‍यो: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उहाँले सो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाई थियो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘लेटेष्ट टेक्नोलोजी जे हो, त्यो कुरालाई प्रयोग गर्ने कुरामा हामीले कन्जुस्याई गर्नुहुन्न । किनभने बारम्बार बनाईरहने कुरा होइन । नयाँ भवन बनाईदैछ । र खासगरी यो टेक्निकल कुराहरुमा साउण्ड सिस्टमदेखि लिएर सबैमा लेटेष्ट टेक्नोलोजी प्रयोग गर्नुपर्छ । त्यो गर्दा हामीले हिजो ठेक्कागर्दा पुरानो टेक्नोलोजी के थियो, अव यो ५/ठ वर्षको बीचमा धेरै प्रगति भएर आएको छ । त्यो प्रगतिलाई यसमा मिसाएर, त्यसलाई एडप्ट गर्नेगरी जाने हो । यसका लागि केही अपm्ठयाराहरु भए त्यसलाई फुकाएर भएपनि हामीले नयाँ भवनमा जाँदा अहिले आएको लेटेष्ट टेक्नोलोजी प्रयोग गरौं भन्ने मेरो नम्बर वान कुरा यो हो । दोस्रो कुरा अव चर्चामा नै आईरहेको कुरा के छ भने ठूलो स्क्रिन राख्ने व्यवस्था पनि गरौं । त्यही मूल्यमा पाईन्छ भने त्यसो किन गर्ने भन्ने मेरो कुरा हो ।

यस्ता कुरामा कम्पर्माइज नगरी जाँदा के अप्ठयारो छ, नीतिगत अप्ठयारो के छ, आर्थिक अपm्ठयारो के छ, टाईममा सक्ने कुरामा के छ रु यी कुराहरु गर्न जरुरी छ । तर, मुख्य कुरा चाँही कामको प्रगति सन्तोषजनक छैन । र, यसलाई टाईमभित्र सक्ने कुरामा चाँही मंसीर भित्र सक्ने गरी कागज गरेको भन्नुभयो । मंसीर आउनु भनेको त आज साउन ४ गते हामी कुरा गर्दैछौं । मंसीरसम्म त्यो सम्भव नै छैन नि । यही स्पिडले त सम्भव नै छैन । २ सिफ्टमा काम गर्ने भन्ने पनि गफमा नै सीमित भयो । म नै यहाँ आएको झण्डै २ वर्ष भयो । एक सिफ्टका लागि पनि चाहिने म्यानपावरहरु प्रयोग भएको देखिदैन । यसलाई हामी हामीमा धेरै कुरा गर्ने भन्दा पनि आज चाँही हाम्रो स्थितिमा बारेमा हामीबीच छलफल गरौं । कन्ट्रयाक्टरको कुरा तपाईहरुले सुने हुन्छ । सहरी विकास मन्त्रालयले यो काम गरिराखेको छ । हामीलाई यो काम छिटो सक्ने र गुणस्तरीय काम चाहियो । र लेटेष्ट टेक्नोलोजीमा जानुपर्छ भन्ने मेरो भनाई हो ।’

सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।