काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट सात जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
आज पत्रकार सम्मेलन गर्दै कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई र उर्जामन्त्री वर्षमान पुनले राजीनामा दिएका हुन् । यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले पनि राजीनामा दिएका छन् । पूर्व माओवादीको कोटाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।











