२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय लघुवित्तद्वारा २० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (नगद र बोनसमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नारायण सापकोटाले बताउनु भयो । 

कम्पनीको हाल कायम चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार ५ सय रुपियाँ छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि लाभांश वितरण गरिने कम्पनी सचिव सापकोटाले जानकारी दिनुभयो ।