५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट को–को बन्दैछन् मन्त्री ? ओलीसँगै सपथको तयारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्ने आठ जनाकै नाम टुंगो लागेको छ ।

एमालेका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल हुने निश्चित भएको छ । यस्तै मानवीर राई–रक्षा, पृथ्वी सुब्बा गुरुङ–सञ्चार, विद्या भट्टराई – शिक्षा, दामोदर भण्डारी – उद्योग, राजकुमार गुप्ता– संघीय मामिला, बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी र देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् ।

एमालेबाट मन्त्री बन्नेहरुले आजै सपथ लिने छन् ।

एमालेबाट मन्त्री बन्ने निश्चित भएकाहरु :

विष्णु पौडेल – उपप्रधान /अर्थ

मानवीर राई – रक्षा

पृथ्वी सुब्बा गुरुङ – सञ्चार

विद्या भट्टराई – शिक्षा

दामोदर भण्डारी – उद्योग

राजकुमार गुप्ता – संघीय मामिला

बलराम अधिकारी –भूमि व्यवस्था तथा सहकारी

देबेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात