४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंककमा भानुजयन्तीका



अ+ अ-

काठमाडौँ । भानुजयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली मूलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततिलाई नेपाली भाषा साहित्यका बारेमा जानकारी दिन, भाषा सिकाइ तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानुजयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी सङ्घसंस्थासँगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्नु उपयुक्त हुने र सो कामका लागि राजदूतावासबाट सधैँ सहयोग हुने प्रतिबद्धता व्यक्त हुनुभयो ।

गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली सङ्घका अध्यक्ष लक्ष्मण केसी, भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बालसाहित्यकार र कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूतावासका नियोग उपप्रमुख प्रकाश अधिकारीले समापन मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा २५ जना साहित्यकारले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बाल साहित्यकारलाई नेपाली भाषसम्बन्धी पुस्तक वितरण गरिएको थियो ।

विश्वयुद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्माबाट विभिन्न समयमा बसाइँसरी थाइल्याण्ड गएका विभिन्न कालखण्डमा नेपाल, भारत, भूटानलगायत मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मूलका थाई नागरिकहरू, हाल थाइल्याण्डमा कामगरी बसेका नेपाली मूलका म्यान्माका नागरिकको उल्लेख्य सङ्ख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास छ ।

लामो समयदेखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली छन् ।