५ पुष २०८२, शनिबार
,
Latest
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टीभीले हटायो ‘इट्स माइ सो’ को विवादित क्लिप



अ+ अ-

काठमाडौं । कान्तिपुर टेलिभिजनले चर्चित कलाकारको व्यक्तिगत जीवनलाई लिएर बनाइएको ‘इट्स माइ सो’ को विवादित भिडियो क्लिप हटाएको छ ।

प्रेस काउन्सिल नेपालको निर्देशनपछि कान्तिपुर टेलिभिजनले विवादित भिडियो हटाएको हो ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘इट्स माइ शो’ मा दुई हप्ता अगाडि प्रसारित सामग्री विवादास्पद बनेपछि काउन्सिलले त्यसबारे अध्ययन गरेको थियो । ती सामग्रीलाई आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसीता गुरुङ लगायतका व्यक्तिहरूले चर्को विरोध गरेका थिए ।

प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भए लगत्तै स्वः अनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टिभीले दिएको लिखित जवाफ चित्त नबुझेपछि काउन्सिलले शोका प्रस्तोता ओसिन सिटौलासहितलाई बयानका लागि कार्यालयमा बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत लगायतको उपस्थितिमा टिभीको टोलीले त्यस्ता प्रसंग प्रसारण भएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युब च्यानलसहित सबै माध्यममा गराउन लिखित निर्देशन दिएको थियो ।

यो प्रकरण काउन्सिलमा विचाराधीन रहेकाले थप कारबाहीबारे भने निर्णय हुन बाँकी नै छ ।