२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशी ब्यारेजका ४५ ढोका खोलिए, महाकालीको शारदा ब्यारेजमा सवारी चलाउन रोक



अ+ अ-

काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । आज बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख ३८ हजार ७ सय ४५ क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४५ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

यसैगरी लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेकाले सवारीसाधनको आवागमनमा रोक लगाइएको जानकारी दिएको छ ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।