१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै इंग्ल्यान्डले युरो कपको सेमिफाइनलको टिकट काटेको हो ।

निर्धारित र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो । खेलको ७५ औं मिनेटमा व्रिल इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ८० औं मिनेटमा बुकायो साकाले गोल गर्दै १–१ को बराबरी ल्याए । त्यसपछि दुबै टोलीबाट गोल गर्ने प्रयास भएपनि गोल हुन सकेन ।

इंग्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।