६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ?

कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रको कार्यक्रममा भनेका थिए– नेकपा माओवादी केन्द्रसँग संसद्मा भएको ३२ जना सांसदको अंक जादुगी रहेको र यो अंकले पाँच वर्षसम्म आफ्नै नेतृत्वमा सरकार चल्ने दाबी गरेका थिए । प्रधानमन्त्रीले यो अभिव्यक्ति दिएको एक साताभित्रै उनी सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन् । यसको अर्थ प्रधानमन्त्रीको ३२ नम्बरको जादुगी अंकले काम गरेन ।

२०७९ साल मंसिर ४ मा भएको प्रतिनिधिसभाको चुनावमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रले ३२ सिट प्राप्त गरेको थियो । दुई ठूला दल नेपाली कांग्रेस (८८) र नेकपा एमाले (७९)लाई पछि पार्दै दाहाल प्रधानमन्त्री बनेका थिए । ठूला दललाई आलोपालो खेलाउँदै पछिल्लो १८ महिनादेखि सत्तामा आसिन प्रधानमन्त्री दाहालको आकांक्षा संसद्मा आफ्नो दलको कमजोर अंकगणित भए पनि पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने थियो । त्यसैका लागि उनी कहिले कांग्रेस तथा एमालेसँग मिलेर राजनीतिक समीकरण बनाइरहेका थिए ।

कहिले आफू जिवित हुन्जेल नेपालको राजनीतिमा हलचल आइरहने अभिव्यक्ति दिएर चर्चामा आउने त कहिले ३२ अंकको जादुले पाँचै वर्ष सरकार चलाउने बताइरहँदा सत्ताका दुई खेलाडी नेता कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनमा चिसो पसेको थिए । संसद्को अहिलेकै कार्यकालमा एक पटक प्रधानमन्त्री बन्ने आकांक्षा बोकेका देउवा र ओलीलाई प्रधानमन्त्री दाहालको भनाइले झस्क्यायो । आफूहरुलाई आलोपालो खेलाएर सरकारमा दाहालले राज गरिरहने संकेत देखिएपछि देउवा र ओलीले नयाँ समीकरण बनाएका हुन् ।

प्रधानमन्त्री बन्ने पालो नै नआउने देखेपछि कांग्रेस र एमालेका नेताहरुले दाहाललाई जसरी पनि ठीक ठाउँमा ल्याउनेमा एकजुट भएका हुन् । संविधान संशोधनका नाममा बन्ने नयाँ समीकरणको मूलभूत उद्देश्य सत्तामै हालीमुहाली गर्ने हो । ३२ सिटे जादुमयी नेतालाई विपक्ष कित्तामा पुर्‍याएर कांग्रेस–एमालेलाई आफ्नो राजनीति दुनो सोझ्याउनु नै हो । त्यसमाथि सानो दल भएर पनि सत्तामा हाली मुहाली गर्ने दाहाललाई ठीक ठाउँमा राख्न एमाले–कांग्रेस समीकरण बनेको हो ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेलाई पालैपालो धोका दिएर रिससमेत फर्नु थियो । २०७९ को चुनाव जितेपछि दाहालले १० पुसमा प्रधानमन्त्री बन्न एमालेको साथ लिएका थिए । राष्ट्रपति चुनावमा कांग्रेसलाई साथ दिएपछि १५ फागुन २०७९ मा नै एमाले सरकारबाट बाहिरियो । फेरि एक वर्षपछि २१ फागुन २०८० मा एमालेसँगै मिलेर सरकार बनाए ।

यसरी प्रधानमन्त्री दाहालले चार महिनाअघि नयाँ सत्ता समीकरण बनाएसँगै कांग्रेस रुष्ट थियो । गत फागुन २४ गते प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै कांग्रेस नेता रमेश लेखकले संसदमा भनेका थिए, ‘म त कुन निष्कर्षमा पुग्या छु भने अब धोका दिन कोही बाँकी रहेन । तर एकचोटि सोच्नुस् यी जम्मै धोका पाएकाहरु तपाईं विरुद्ध एक दिन एक ठाउँमा उभिए कहाँ पुग्नुहोला ?’

एमाले समर्थन लिएर दाहालले आफ्नो प्रधानमन्त्रीकाल अरु थप गरेको तीन दिनपछि कांग्रेस संस्थापनका नेताबाट व्यक्त विचारले स्पष्ट संकेत गरेको थियो, कांग्रेस–एमाले कुनै पनि समय सत्ताका लागि एक ठाउँ आउन सक्छन् ।

त्यसको करिब चार महिनापछि यी दुई ठूला दल एकठाउँमा आएका छन् । त्यसका लागि कांग्रेसले त्यतिबेलैदेखि तयारी गरेको थियो । सरकार निर्माणका लागि नभई संविधान संशोधनका लागि एमालेसँग सहकार्य हुनसक्ने आवाज कांग्रेसमा उठ्दै आएको थियो । यही बीचमा प्रधानमन्त्री दाहालले आफूसँग जादुगी शक्ति रहेको र पाँच वर्षसम्म नै प्रधानमन्त्री भइरहने बताएपछि कांग्रेस र एमाले भड्किएर नयाँ गठबन्धनमा सहमति गरेको बताइएको छ ।