६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ?

ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ?
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुसहित बालकोट पुगेको विषयले राजनीतिक रुपमा चर्चा पाइरहेको छ । यो भेटलाई सत्ता समीकरणको कसरतका रुपमा पनि धेरैले बुझेका छन् ।

प्रमुख सत्तारुढ दलको नेता र प्रतिपक्षी दलका नेताबीच भेटवार्ता हुनु खासै ठूलो कुरा होइन । तर नेपाली राजनीतिमा यस्तै भेटघाटले नै गठबन्धन परिवर्तन भएका धेरै उदाहरण छन् । त्यही कारण पनि ओली र देउवाबीचको भेटवार्ताले आशंका बढाएको छ । कांग्रेस र एमालेका नेताहरुले दुई नेताबीचको भेटलाई सम्बन्ध सुधारको अर्थमा लिएका छन् ।

पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यको बारेमा दुवै दलका दोस्रो तहका नेताहरुले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका छन् । ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको चर्चा चलेको छ । बजेटको विषयमा ओलीले सार्वजनिक रुपमै आलोचना गर्नुले पनि प्रधानमन्त्री दाहालसँग उनको सम्बन्ध चिसिएको भनेर आँकलन गरिएको थियो ।

यो तर यो भेटघाटको चाँजोपाँजो भने नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मिलाएका हुन् । कांग्रेसका सांसद भए पनि चौधरीको सम्बन्ध ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि उत्तिकै छ । उनले केही दिनअघिदेखि एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटघाट गरिसकेका छन् । धेरै जसो भेटघाट ओली निवास बाल्कोटमै हुने गरेको छ । त्यही क्रममा उनले देउवा र ओलीबीचको सम्बन्ध सुमधुर बनाउने प्रयास गरेका हुन् ।

रास्वपाका स्थापना दिवसको अवसरमा आयोजित चियापानमा पनि ओली र चौधरीबीच लामै कुराकानी भएका थिए । त्यहि साँझ ओली निवासमा चौधरी पुगेका थिए । चौधरीकै सक्रियतामा देउवाले ओलीसँग यो साता दुई पटक एक्लाएक्लै र एकपटक पत्नी आरजु राणासहित भेटवार्ता गरेका छन् ।

त्यसो त ओली र देउवालाई मिलाउन विनोद चौधरीको पनि छुट्टै स्वार्थ छ । बाँसबारी जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि आरोप लाग्दै आएको छ । अहिले पनि यो विषयमा प्रहरीको छानबिन जारी छ । कांग्रेस र एमालेलाई मिलाउन सके आफूलाई सहज हुने बुझाई चौधरीको छ ।

त्यति मात्रै होइन, अहिले गृहमन्त्री रवि लामिछाने भ्रष्टाचार र अनियमितताका विषयमा कठोर हुँदै आएका छन् । उनले सरकारी जग्गा अतिक्रमण, हिनामिनादेखि शक्तिको दुरुपयोगका विषयमा छानबिन गरिरहेका छन् । विगतका धेरै विषयका निर्णयमा अनुसन्धान गर्दा आफ्ना नेताहरु नै कारबाही पर्ने भय कांग्रेसलाई छ । यसले गर्दा पनि ओलीसँग सम्बन्ध सुधार गरेर आफ्ना नेतालाई कारबाहीबाट जोगाउन पनि देउवाले ओलीसँग बालकोटमै पुगेर भेट गरेका हुन् ।