६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा !

पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा !
अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर ३४ महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । काठमाडौंको भुकुटीमण्डपमा दिउँसो ११ बजे महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

एकीकृत समाजवादी पार्टी गठनपछि पहिलो पटक महाधिवेशन गर्न लागेपछि पार्टीले १० औं भनेको छ । २००६ सालमा स्थापना भएको नेकपालाई नै निरन्तरता दिँदै एकीकृत समाजवादीले आफ्नो महाधिवेशनलाई १० औं भनेको हो ।

एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ । तर पदाधिकारी र केन्द्रीय समितिमा आकांक्षा राख्नेहरुको लर्को लामै छ । १८ सय प्रतिनिधिमध्ये करिब एक सय जनालाई पदाधिकारीमा आकांक्षा राखेका छन् । त्यस्तै ८ सय जनाले केन्द्रीय सदस्यका आकांक्षा भएकाले व्यवस्थापन गर्न नेतृत्वलाई निकै कठिन हुने देखिएको छ ।

त्यसो त एकीकृत समाजवादीको भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने वचन दिइरहेका छन् । तर, अध्यक्ष नेपालले आफ्नै नेतृत्वलाई निरन्तरता दिएर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी छलफल गरिरहेका छन् । नेतृत्व सहमतिमै टुंग्याउन पार्टी पंक्तिबाट चर्को दबाब बढिरहेको बेलामा तीन शीर्ष नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने आश्वासन भने दिएका छन् ।

सहमतिमै नेतृत्व टुंग्याउन पार्टीमा सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ । आवश्यकअनुसार वरिष्ठ नेता पद पनि राख्न सकिने बताइएको छ । केन्द्रीय सदस्यको संख्या पनि १ सय ९९ सयबाट बढाएर २ सय ९९ पुर्‍याइएको छ । त्यति गर्दा पनि नेता व्यवस्थापन गर्न मुस्किल हुन सक्छ ।