२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली



अ+ अ-

जुम्ला ।खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो । तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताउनुभयो ।

“पानी परेको छैन, खेतबारी सुक्खा छन् । सिँचाइको कुनै सुविधा छैन । यसपाली असार लागे पनि खेतीपातीको काम भएको छैन । गाउँमा खाद्यन्न सङ्कट आउने हो कि भन्ने चिन्ता थपिएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा कृषि उत्पादनमा ह्रास आउन सक्ने उहाँले बताउनुभयो ।

विषेशगरी यहाँका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवामा खडेरीका कारण क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाले बताउनुभयो । जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन । वर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्नबालीदेखि स्याउ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लामा हालसम्म १६ हजार घरधुरी स्याउखेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । यहाँका किसानको आम्दानीको मुख्य आयस्रोत नै स्याउखेती हो । पछिल्लो समयमा स्याउ खेतीको बीमाको महत्वबारे जानकार भएपछि जिल्लाका आठवटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको जनाइएको छ ।

पानी अभावले रोपाइँमा समस्या

असार धान रोप्ने महिना हो । विगतका वर्षमा जेठको अन्तिमसम्म प्राय:जसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो ।  तर यसवर्ष पानी नपर्दा यहाँको हिमा, तिला गाउँपालिका किसानले रोपाइँ गर्न पाएका छैनन् ।

पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा गाउँपालिका–४ का स्थानीय माया रोकायाले जानकारी दिनुभयो । सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । अकाशे पाानीको भरमा परेका किसानका लागि यो वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् । रासस