• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ? ★   रोहितले पनि लिए सन्यास ★   ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ ★   आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा ! ★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य

टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो



Australia’s Marcus Stoinis, second left, is congratulated by teammates after taking the wicket of Bangladesh’s Shakib Al Hasan, right, during the ICC Men’s T20 World Cup cricket match between Australia and Bangladesh in North Sound, Antigua and Barbuda, Thursday, June 20, 2024. (AP Photo/Lynne Sladky)

एजेन्सी । ट्वान्टी–२० विश्वकप २०२४ को सुपर आठको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस विधि (डिएलएस मेथड) अन्तर्गत २८ रनले पराजित गरेको छ ।

अस्ट्रेलियाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो।

उक्त खेलमा अष्ट्रेलियाका लागि फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक लिएका थिए ।कमिन्स टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने विश्वका सातौं बलर बनेका छन् । कमिन्स यो उपलब्धि हासिल गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी हुन्, यसअघि ब्रेट लीले २००७ को विश्वकपमा यो उपलब्धि हासिल गरेका थिए ।

‘सुपर–८’ चरणको ‘समूह–१’ मा एक–एक खेल जितेको भारत र अस्ट्रेलियाको दुई–दुई अङ्क छ । बङ्गलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।