२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी नायव उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकहरुको निगरानी गर्दै जाने क्रममा उनीहरुलाई लागुऔषध कोकिनसहित पक्राउ गरिएको बताउनु भयो ।

उहाँकाअनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौं १६ ठमेलस्थित एक होटलबाट अवैध लागुऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो । निजले उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरु इथियोपियाको एडिस अबबा पुगि निलेर काठमाडौं आएको पाइएको बताउनु भयो । अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरु समेत गरी ७७ वटा कोकिनका क्याप्सुलहरुबाट १ केजी २६० ग्राम बरामद गरिएको बताउनु भयो ।

जेठ ३० गते इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आएकी ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरिएको बताउनु भयो । निजको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरुमा बटनभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध कोकिन २ किलो सय ग्राम बरामद गरिएको बताउनु भयो । त्यस्तै असार १ गते कतार एयरको उडानबाट नेपाल आएका भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौं २६ स्थित एक होटलबाट शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । उनको साथबाट कोकिनका ९२ क्याप्सुलबाट १ किलो १९८ ग्राम बरामद गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

उहाँले कोकिनका उक्र क्याप्सुलहरु डेलिभरि दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु अतस्ंगीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । बरामद गरिएको लागुऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुने प्रहरलिे बताएको छ ।