१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

ओझेलमा खुमखानी

ओझेलमा खुमखानी
अ अ+ अ-

तुलसीपुर । दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउनुपरेको छ ।

पढाइका लागि त्यहाँ एउटा कक्षा ५ सम्मको विद्यालय भए पनि दरबन्दीको अभावमा राहतका एक र बाल विकासका एक गरी दुई शिक्षकमात्रै छन् । कक्षा ५ भन्दा माथिको अध्ययनका लागि बजार नै जानुपर्ने हुँदा आर्थिक अवस्था कमजोर परिवारका बालबालिकाले पढाइलाई निरन्तरता दिनसकेका छैनन् । अहिलेसम्म त्यो गाउँका छ–सातजनाले मात्रै कक्षा १२ सम्म पढेका छन् ।

कुनै समय राजाले राज्य गरेको यो ऐतिहासिक ठाउँ पनि हो । बाइसे–चौविसे राज्य भुरेटाकुरे राजाहरूले राज गरेको इतिहास खुमखानीमा छ । स्थानीय ओपबहादुर थापाका अनुसार वारि खुमखानी राजा र पारि छिल्लीकोटे राजाबीच वारिपारि लडाइँ हुन्थ्यो । त्यसका केही–केही अवशेषहरू अहिले पनि भेटिने गरेको ६९ वर्षीय थापाले बताउनुभयो । त्यहाँ केही आकर्षक ढुङ्गाहरू भएको स्थान भेटिन्छ, जसलाई ‘हनुमान ढोका’ भन्ने गरिएको उहाँको भनाइ छ । हनुमान ढोकाभन्दा तल रहेको ठूलो वन क्षेत्रलाई ‘टुँडिखेल’ भनिन्छ । टुँडिखेलमा पहिले राजाहरूका सिपाहीहरूले कवाज खेल्ने ठाउँका रूपमा थियो ।

तुलसीपुर बजारबाट खुमखानी हेर्दा आकर्षक पनि देखिन्छ । अग्ला डाँडाकाँडा भएकाले जिल्लाका सबै भू–भागसहित रुकुम, रोल्पा, सल्यान, प्यूठानसहित भारतका केही ठाउँहरू पनि देखिने हुँदा यहाँ पर्यटकीय सम्भावना पनि रहेको छ ।

खुमखानीमा उपल्लो गाउँ, तल्लो गाउँ, च्यानडाँडा र झारगाउँ गरी चारवटा गाउँ छन् । कुनै समय त्यहाँ ६०–६५ घर थिए । विकासको पूर्वाधार राम्रो नहुँदा अहिले त्यहाँ ३२ घर छन् । तर,  अलिकति जीवनस्तर सुध्रियो भने त्यहाँबाट बजारतिर बसाइँ सरिहाल्ने गरेको स्थानीय अमरबहादुर घर्तीले बताउनुभयो । “पहिले यहाँ ६०–६५ घर थियो”, स्थानीय घर्तीले भन्नुभयो “तर, यहाँको दु:ख देखेर अहिले अलिकति हुनेखाने भएपछि बजारतिर झरिहाल्छन्, अहिले हामीहरू त्यहाँ ३२ घरको हाराहारीमा छौँ ।”

खुमखानी गाउँ स्वास्थ्यका हिसाबले समेत पछाडि परेको छ  । “गाउँमा सामान्य उपचार पनि हुँदैन । सिटामोल किन्नुपर्यो भने पनि बजार नै झर्नुपर्छ”, घर्तीले भन्नुभयो, “सामान्य घाउचोट लाग्यो भने बजार नै पुग्नुपर्छ । सडक सुविधा नहुँदा  बिरामीलाई डोकोमा बोकेर बजार पुर्याउनुपर्ने अवस्था रहेको छ ।”

यहाँका बासिन्दा कृषि र पशुपालनमै निर्भर छन् । यहाँ अहिले विद्युत् र खानेपानीको सुविधा भने पुगेको छ । विद्युत् पुगेसँगै त्यहाँका बासिन्दा खुसी भएका छन् । “हामीले विद्युत् पाउने कल्पना पनि गरेका थिएनौँ, अहिलेसम्म सडक पनि पुगेको छैन”, स्थानीय छवि विकले भन्नुभयो । सोलारको प्रयोग गरी लिफ्टिङ गरेर खोलाबाट पानी ल्याइएकाले  खानेपानीमा भने केही सहज भएको छ । यसअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो भने विद्युत् नहुँदा सोलार र टुकीको भर पर्नुपर्ने अवस्था थियो ।

यस गाउँसम्म सडक पुर्याउन चालु वर्षमा लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट केही सडक ट्रयाकको काम सुरु भएको छ भने आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ ।