१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास

भारतीय दूतावासको आयोजनामा लुम्बिनीमा योगाभ्यास
अ अ+ अ-

भैरहवा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासको आयोजनामा आज लुम्बिनीमा योगाभ्यास सम्पन्न भएको छ ।

योगाभ्यास कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गर्नुभयो । सो कार्यक्रममा उहाँले बुद्धले शान्ति, करुणा र समझदारीको मार्गमा अग्रसर गराउनुका साथै मानव जीवनमा योग र ध्यानको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले पूर्वीय सभ्यतासँग जोडिएको योग आज विश्वभर एक सशक्त स्वास्थ्य र कल्याणको मार्गका रूपमा प्रख्यात हुँदै गएको औँल्याउनुभयो ।

“यो केवल शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण प्रणाली हो”, मुख्यमन्त्री महराले भन्नुभयो, “योगले हामीलाई आत्मज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्याउँछ ।”

‘स्वास्थ्यका लागि योग’ विश्वव्यापी चुनौती सामना गरिरहँदा अझ सान्दर्भिक रहेको महराको भनाइ छ । “योगले हाम्रो शारीरिक स्वास्थ्य बलियो बनाउने, प्रतिरोधात्मक क्षमता बढाउने र मानसिक दृढता बढाउने महत्त्वपूर्ण साधनको रूपमा काम गरिरहेको छ, यसले हामीलाई तनाव, चिन्ता र अन्योलका बेला सामन्जस्य गर्न मद्दत पुर्याएको छ”, उहाँले भन्नुभयो ।

महाराले लुम्बिनी प्रदेश सरकार नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाउनुभयो । योगका फाइदालाई स्वीकार्दै, सार्वजनिक स्वास्थ्यसम्बन्धी पहलमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गरिरहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रत्येक वर्ष लुम्बिनीमा योग दिवस मनाउँदै आएको बताउनुभयो । उहाँले यस पटकसमेत गरि लुम्बिनीमा यो तेश्रो पटक दिवस मनाइएको र यसलाई दूतावासले प्रत्येक वर्ष मनाउने जानकारी दिनुभयो । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेयता यसलाई मनाइँदै आएको उहाँले बताउनुभयो ।

“यसपटक यो दिवस यस अर्थमा पनि विशेष यसकारण छ किनकि हामीले यसका दशौँ वर्ष पूरा गरेका छौँ”, राजदूत श्रीवास्तवले भन्नुभयो, “यो योग दिवस मनाउने कारणले योगलाई एक अन्तर्राष्ट्रियस्तरको मञ्च पाइएको छ ।” नेपाल र भारतमा योग प्राचीनकालदेखि नै गरिँदै आएको जनाउँदै उहाँले दुवै देशको साझा संस्कृतिको अङ्ग रहेको जिकिर गर्नुभयो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी एक महत्त्वपूर्ण तीर्थस्थल रहेको र भारतमा रहेका विभिन्न बौद्धसँग सम्बन्धित स्थलसँग जोडेर यसलाई तीर्थस्थल सर्किटका रूपमा विकसित गर्न आवश्यक रहेको औँल्याउनुभयो । यसैको प्रयासस्वरुप लुम्बिनी विकास कोषसँगको सहकार्यमा विभिन्न पर्यटकीय गतिविधिमा दूतावासले साझेदारी गरेको उहाँको भनाइ थियो । भारतको प्रयासस्वरुप नै अहिले लुम्बिनीमा भारतीय पर्यटकको आगमन गत वर्षहरूभन्दा बढ्दै गएको उहाँको भनाइ थियो ।

लुम्बिनीको लिटल बुद्धको प्रतिमा अगाडि आयोजित योगाभ्यास कार्यक्रममा मुख्यमन्त्री महरा, राजदूत श्रीवास्तवसहित पूर्वमन्त्रीहरू हृदयेशकुमार त्रिपाठी, देवेन्द्रराज कँडेललगायत पाँच सय बढी योग साधकको सहभागिता रहेको थियो । रासस