२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने



अ+ अ-

चितवन । गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् ।

बिहिबार श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको जानकारी दिए । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो । मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ’, उनले भने ।

सूर्यदर्शन सहकारीको १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका राई फरार रहेका छन् । राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भईसकेको छ ।

यसपछि उनी मलेसियामा लोकेट भएका थिए। सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट समेत पठाएको थियो ।