१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्र्पक, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिनुभएको छ । मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उहाँले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो,“मनसुनको पूर्वसूचना दिने, विपद्का घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ ।”कल्पनानै नगरेको ठाउँमा बाढीपहिरो र डुवानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्षाद्काकरण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याउनुभयो ।

विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आँकलन गरी तत्काल सुचारु तुल्याउने समयन्त्र निर्माण गर्न सुझाव दिँदै उहाँले पूर्व सूचना सङ्कलन र विपद्बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिनुभयो । यसअघि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायले आगामी मनसुनजन्य घटनाका सम्बन्धमा आ–आफना मन्त्रालयबाट भएका तयारी र आगामी दिनको रणनीतिबारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईँ, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङग शाह, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिकमका उपमहाप्रबन्धक सङ्गीता पहाडी अर्यालले आ–आफ्ना संस्थाबाट मनसुनजन्य घटनामा हुने जनधनको क्षति न्यूनीकरण र सेवा प्रवाहको निरन्तरताका लागि चाल्नुपर्ने कदम र कार्यक्रमबारे जानकारी गरानुभयो ।

त्यसअवसरमा विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रतिन्द्र क्षत्रीले बाढीपहिरोका घटनाबाट मनसुनका बेला विद्युत् र सोलारकाकारण सञ्चार अवरुद्ध भई सूचना लिन हुनसक्ने चुनौतीको सामाना गर्न जेनेटरलगायतका आवश्यक वस्तुको पर्याप्त मौजुदाको व्यवस्था गरिएको बताउनुभयो ।

त्यस अवसरमा विपद्पछिका घटनामा मानवीय उद्धार र सेवा सुचारु पाटोमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउँदै अन्य सहभागी वक्ताले यस वर्षको मनसुनमा अघिल्ला वर्षको तुलनामा भारी वर्षाको सम्भावना आँकलन गरिएकाले सोही अनुरुपको तयारी व्यवस्थापनको खाँचो औँल्याउनुभयो । रासस