१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी



अ+ अ-

काठमाडौँ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी रहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा समितिको बैठक बसिरहेको छ ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न आजबाट काम थाल्ने जनाएको थियो ।

सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न जेठ १५ मा गठित कार्यदललाई अध्ययन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।