२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्राध्यक्ष र सरकार प्रमुखको विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस्: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

हालै राष्ट्रपति रामचन्द्र पौडेलको जारी जर्मन भ्रमण र प्रधानमन्त्री दाहालको केही दिनअघि सम्पन्न भारतबारे संसदलाई जानकारी नगराएकोमा आपत्ति जनाउनु भएको हो ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले राष्ट्रप्रमुख र सरकार प्रमुखको भ्रमणबारे संसदलाई जानकारी गराउने परम्पराको अन्त्य नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद पौडेलले वृद्धवृद्धा र अपांगता भएकाहरुलाई घरघर राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सम्माननीय राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ । केही समय अगाडि सम्माननीय प्रधानमन्त्रीज्यु भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो । उहाँ फर्केपछि संसदको बैठक ६ पटक बसिसक्यो । तर यी दुवै भ्रमणको बारेमा औपचारिक रुपमा संसदलाई जानकारी गराइएको छैन । राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने परम्परालाई अन्त्य नगरियोस् । म ध्यानाकर्षण गर्न चाहन्छु । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले श्रावण मसान्तसम्म राष्ट्रिय परिचय पत्र दिने सूचना जारी गरेको छ । अहिले ग्याँसको सिडिन्डर बोकेर वृद्धवृद्धाहरु, अपांगता भएका व्यक्तिहरु सिडियो कार्यालय पुग्नुभएको छ । म गृह मन्त्रालयलाई अनुरोध गर्न चाहन्छु–वृद्धवृद्धा समस्या भएका र अपांगता भएका व्यक्तिलाई घरघरमा नै परिचय पत्र दिने व्यवस्था गरियोस् । ’

सांसद पौडेलले संसद सचिवालयका कर्मचारीको माग जायज रहेको उल्लेख गर्दै तत्काल उनीहरुको माग सम्बोधन गर्न पनि सरकारलाई दबाब दिनुभयो ।