२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट



अ+ अ-

चितवन । जिल्लाको कालिका नगरपालिका ६ खोलेसिमलस्थित सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट भएको छ ।

शनिबार राती ८:४० बजे विनोद सुनारको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गरिएको चितवन प्रहरीले जनाएको छ ।

लुटपाट गर्ने समूहले ३५ किलो चाँदी, ३ किलो सुन र दुई लाख रुपियाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जनाए ।

पसल बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको र सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस समेत खोलेर लगेको डिएसपी भण्डारीले बताए ।

प्रहरीले लुटपाटमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।