६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ?

ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ?
file
अ+ अ-

काठमाडौं । नयाँ राजनीतिक समीकरण बनेको एक सय दिन पुगेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै सहयात्री दलको दबाबमा पर्नुभएको छ । कांग्रेससँगको समीकरण भएका बेला राम्रो गर्ने अवस्था नपाएको र सहकर्मीहरुले असहयोग गरेको गुनासो गर्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग समीकरण गर्न पुगेका प्रधानमन्त्री दाहाल अहिले दबाबमा पर्नुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटको चर्को आलोचना मात्र गरेका छैनन्, आफ्ना सांसदलहरुलाई खुलेर बैठकमा छलफल गर्न निर्देशन दिएका छन । उनले सरकारको कामप्रति सन्तुष्ट हुन नसक्ने चेतावनी दिइसकेका छन् ।

ओलीले आफू सम्मिलित सरकारले ल्याएको बजेटप्रति आलोचना गर्दै मुलुकको विकास गर्न सरकारमा गएको र त्यो हुन नसके आफू सन्तुष्ट हुन नसक्ने बताएका हुन् ।

संसद्मा बजेट प्रस्तुत् हुनुअघि प्रधानमन्त्री दाहालले समाजवादको आधार तयार गर्ने कार्यक्रममा लाखौं रोजगारी सिर्जना गर्ने, निम्न वर्गलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा केन्द्रित गर्ने दाबी गरेका थिए । यसअघि जेठ १९ मा दलको बैठकमै ओलीले बजेट माओवादीतिर ढल्केको र माओवादी रङ देखिएको टिप्पणी गरेका थिए । बजेट तयार गर्ने क्रममा प्रधानमन्त्री दाहाल, ओली, अर्थमन्त्री वर्षमान पुन र एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलबीच छलफल भए पनि ओलीले बजेटमाथि आपत्ति जनाउँदै आएका छन् । सत्ता समीकरणको प्रमुख दल एमाले अध्यक्ष ओलीले बजेटमा असन्तुष्टि जनाउनु प्रधानमन्त्री दाहालमाथि निरन्तर दबाब दिने नीति लिएको देखिन्छ ।

एकातिर एमाले अध्यक्ष ओलीले दबाब दिएकै दिन अर्कोतिर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीबाट खेलकुद मन्त्री भएका विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे गम्भीर समीक्षा आवश्यक भइसकेको बताएका छन् । सरकारमा गएर पनि काम गर्न नसकिएको भन्दै उनले प्रधानमन्त्रीलाई धम्कीपूर्ण चेतावनी दिएका हुन् । यसले पनि प्रधानमन्त्री दाहालसँग आफ्नै सहकर्मी सन्तुष्ट छैनन् भन्ने पुष्टि हुन्छ ।

त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले पनि सरकारमा गएका एक सय दिनमा देशका लागि नराम्रो काम नगरेको बताएका छन् । त्यसको अर्थ उनले पनि राम्रो काम गर्न सकिने भन्ने स्वीकार गर्नु नै हो । लामिछाने पनि प्रधानमन्त्री दाहालसँग सन्तुष्ट नहुँदा खुलेर सरकारको बचाउ गर्न नसक्ने अवस्थामा पुगेको विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री दाहालसँग गठबन्धन दलकै शीर्ष नेताहरुबाट लगातार असन्तुष्टिको स्वर आउनुलाई गठबन्धनभित्रको मतभेद छर्लङ्ग हुन्छ । एकातिर प्रधानमन्त्री दाहाललाई दबाबमा राख्ने र अर्कोतिर विकास नै भएर वा सरकारले काम नै गर्न सकेन भनेर आफू हावी हुन खोज्ने प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको देखिन्छ ।