८ श्रावण २०८३, शुक्रबार
,
Latest
दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर



अ+ अ-

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले अघिल्लो महिनाको तुलनामा औसतमा ०.१२ प्रतिशतले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाएको छ भने ११ ले घटाएका छन् ।

असारमा हिमालयन बैंक,नबिल बैंक र माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ । हिमालयन बैंकले जेठमा ७.५ प्रतिशत ब्याजदर तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्‍याएको छ ।

यस्तै, नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ । माछापुच्छ्रे बैंकले ५.२६ प्रतिशत दिँदै गरेकोमा असारको लागि ७.५ प्रतिशत बनाएको छ ।

असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।




भर्खरै