१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै
अ अ+ अ-

काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । राष्ट्रपति पौडेल  असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुनेछ ।

नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।

मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले  काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्‍याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गर्नुएको थियो ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले  सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गर्नुभएको थियो । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गर्नुभएको थियो ।

सोह्रवटा राज्यहरु मिलेर बनेको जर्मनी युरोपको केन्द्र भागमा रहेको महत्वपूर्ण मुलुक हो । जर्मनी विश्वकै चौथो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । नेपालका लागि जर्मनी चौथो विकास–साझेदार मुलुक हो । जर्मनी व्यपार साझेदारी मात्र नभई नेपालीवस्तु तथा सेवाको सम्भावित ठूलो बजार र निर्यात व्यपार तथा लगानी प्रबद्र्धन र पर्यटक भित्रयाउन सक्ने ठूलो सम्भावना बोकेको राष्ट्र हो । नेपालबाट जर्मनीतर्फ बार्षिक करिब डेढ अर्ब बराबरको बस्तु निर्यात हुँदैआएको छ भने जर्मनीबाट त्यसको तीन गुणासम्म आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।

जर्मनबाट मूलत अप्पटिकल उपकरण, फोटोग्राफी, सर्जिकल उपकरण, औषधिजन्य उत्पादन र सवारी साधान आयात हुन्छ भने यहाँबाट गलैँचा, मह, तयारी पोशाक, पश्मिना, हस्तकला, चाँदीका गहना, काठ र बाँसजन्य समान, जडिबुटी, अलैँची, चिया निर्यातको प्रशस्त सम्भावना छ । विगतमा काठमाडौबाट जर्मनी दैनिक सिधा हवाई उडान सम्पर्क सञ्जाल रहेकै कारण नेपाली गलैँचा निकासीको राम्रो गन्तव्य थियो ।

जर्मनीबाट प्रविधि हस्तान्तरणको उदाहरणका रुपमा  सफल र आनुधिक नवीकरणीय उर्जा सम्बन्धी प्रविधि भित्रयाउने ठूलो सम्भावना छ । दुवै मुलुकमा प्रचुर पर्यटकीय आकर्षण छ । एक तथ्याङक अनुसार सन् २०१९ मा ३६ हजार ६४१ जर्मन नेपाल घुम्न आएका थिए । नेपालको हिमाल आरोहणमा जर्मन नागरिकको विशेष रुची देखिन्छ । उच्च प्रतिव्यक्ति आय र सरकारी नीति समेत भएका कारण जर्मन नागरिकका लागि  नेपाल पर्यटकका लागि हब हुन सक्ने प्रशस्त सम्भावना बोकेको छ ।

नेपालाई जर्मनीले कृषि, सहरी विकास, फोहर–मैला व्यवस्थापन, साना तथा घरेलु उद्यम विकास, गरिवी निवारण, भैतिक पूर्वाधर, विद्युत प्रसारण लाइन, जलविद्युत आयोजना,  नवीकरणीय उर्जा, शिक्षा, स्वास्थ्य, वातारण संरक्षण र मानवीय सहायता  उपलब्ध गराउँदै आएको छ ।

विस २०७२ को भूकम्पपछि जर्मनीले औपचारिक माध्यम मार्फत ४.५ मिलियन र पुर्ननिर्माणका लागि ३० मिलियन युरो उपलब्ध गराएको थियो । गैरसरकारी तथा निजी क्षेत्रमार्फत पनि जर्मनीबाट त्यस बेला ठूलो सहयोग प्राप्त भयो । सरकारी  तवरमा जर्मन सरकारले ७० मेघावाटको मध्य मस्याङ्दी जलविद्युत आयोजनामा ऐएफडब्लु बैँकबाट २०० मिलियन युरो लगानी गरेको छ ।

जर्मनीबाट नेपालमा कृषि, पर्यटन, नवीकरणीय उर्जा, पूर्वाधार विकास, खाद्यान्न प्रशोधन, सूचना प्रविधि, शिक्षा र यातायातका क्षेत्रमा लगानी भित्रयाउन सकिने सम्भावना रहेको सरकारी अधिकारीको भनाई छ । जर्मनी दक्ष र व्यवसायिक जनशक्तिका लागि वैदेशिक रोजारीको अवसर प्राप्त गर्ने आकर्षण गन्तव्यकारुपमा रहने आँकलन गरिएको छ । जर्मनीमा करिब १५ हजार बढी नेपाली अध्ययन र विभिन्न पेशा व्यवसायमा संलग्न भएको छ । उनीहरुले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ तुल्याउन योगदान दिइरहेका छन् ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल हुनुहुन्छ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुभएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ । रासस