८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना



अ+ अ-

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजायको फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना सजाय निर्धारण गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको भन्दै भट्टराईविरुद्ध गत चैत २५ गते मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी जेठ २४ मा दोषी ठहर भएका थिए ।