२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको इजलासमा



अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीशहरू कुमार रेग्मी,नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशहरू सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेको भन्दै हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको थियो ।

संविधान विपरीत मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्की, सङ्कल्प प्रस्तावका प्रस्तावक रेवती रमण भण्डारी, सङ्कल्प प्रस्तावका समर्थक गणेश प्रसाद उप्रेती, सङ्कल्प प्रस्तावका समर्थक किशोर चन्द्र दुलाल लाई विपक्षी बनाएका छन् ।

आज कार्कीका कानुन व्यवसायी र सरकारी वकिलहरूले बहस गर्ने छन् ।उनीहरूको बहस सकिएपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ। अन्तिममा रिट निवेदकहरूले जवाफी बहस गर्दै सुनुवाइ सकिने छ। सुनुवाइ सकिएपछि मुख्यमन्त्रीको बारेमा जारी विवादमा सर्वोच्चले निकास दिने छ।

सर्वोच्चले रिट जारी गरेमा पुन मुख्यमन्त्रीमा केदार कार्कीले प्रवेश पाउने छन भने खारेज गरेमा हिक्मत कार्की नै निरन्तर हुने छन् ।