१४ आश्विन २०८१, सोमबार
,
Latest
धादिङका प्रहरी प्रमुख पनि प्रधान कार्यालय तानिए बुधबारदेखि वर्षाको सम्भावना, कोशी प्रदेशमा भारी वर्षा हुने सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको सय दिनबारे एमाले: नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताउनुभएको हो । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको सय दिनको कसरी मुल्यांकन गर्नु भएको छ ? भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताउनु भयो ।

नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्ने उहाँको भनाई थियो । प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठूलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताउनु भयो । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उहाँले सिमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘सय दिनमा सरकारले नराम्रो गरेन । सय दिनको अंक दिँदाखेरी अनुत्तिर्ण भएको अवस्था छैन । डिस्टिंग्शन दिइहाल्नुपर्ने अवस्था पनि रहेन । त्यो पथमा सरकार पुगेको छ । नागरिकको विश्वास जितेको छ । अर्थतन्त्रलाई बिग्रदो गतिबाट ट्रयाकमा ल्याउने ठाउँमा पुर्‍याएको छ । शान्ति सुरक्षालाई कायम पथमा सरकार अघि बढिरहेको छ । सरकारको तर्फबाट जेस्रोत, साधन छ, यसको सिमितताको बीचबाट पनि अधिकतम डेलिभरीहरु गर्न खोजेको देखिन्छ । तर अब सरकारले आफ्नो गति बढाउनु पर्छ । अब गेयर बदल्नुपर्छ । न्युट्रलमा थियो, अब १/२ हुँदै अगाडि बढाउनुपर्छ । अहिलेको गतिले अब पुग्दैन । नागरिकमा ठूलो अपेक्षा छ । युवाहरुको ठूलो संख्या बेरोजगार छन् । कृषिमा समस्याहरु छन् । यी देखिएका समस्या समाधान गर्ने सामथ्र्यका साथ सरकारले काम गर्नुपर्छ । अहिलेसम्मको सय दिनको मूल्यांकन गर्दाखेरी नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन ।’

प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्र्र्र्र्र्र्रँदो अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गर्नुभयो ।