२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेट



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।”

उहाँले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत भेटमा अनुरोध गर्नुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध छ, हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

भेटमा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राख्नुभयो । उहाँले भेटमा नेपाली निर्यातलाई प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । राजदूत फेनले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको जनाउँदै नेपाल र विश्व बजारका बीचमा आफूले सेतुको भूमिका खेल्ने बताउनुभयो ।