५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसभित्र वैचारिक मतभेद छैन: राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी भित्र बैचारिक मतभेद नभएको दाबी गर्नुभएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टी भित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उहाँको तर्क थियो । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बैचारिक मतभेद रहेको छ नि ? भनेर प्रश्न गरेका थिए ।

उपाध्यक्ष पाण्डेले सबै नेताहरु मिलेर महाधिवेशनमा प्रश्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने बताउनु भयो । उहाँले नेताहरुबीच पार्टी नेतृत्वको लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘पार्टी भित्र बैचारिक मतभेद छ भन्नेकुरा भन्नेकुरा मात्रै हो जस्तो लाग्छ । किनभने वैचारिक मतभेद भए त दुई वटा दस्तावेज छुट्टै बन्थ्यो होला नि । दस्तावेज त सबै सल्लाह मिलाएर एउटै दस्तावेज बनेको छ त बैचारिक मतभेद कहाँ छ भन्ने ? पहिला त यो पटकपटक राजदूतहरु फेरिरहने, पठाउने, त्यहाँ बुझ्न नपाउँदै फेरि हाल्ने कुराले नेपालको राजनीतिक स्थिति, नेपालमा राजनीतिक स्थिरता भयो, तपाईहरु लगानी गर्न आउनुस भनेर जो हामी भन्ने गर्छौ । त्यो कुरालाई खण्डन गर्छ । तर सरकारले राजदुत राख्न पनि सक्छ, फेर्न पनि सक्छ । त्यो स्वभाविक कुरा हो । ’

फरक प्रसंगमा उपाध्यक्ष पाण्डेले राजदुत फिर्ता बोलाउने सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिनुभयो ।