१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीका मेयरविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ । सर्लाही बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसअघि अकुत सम्पत्ति आर्जनको मुद्दामा तानिएका थापा र उपमेयर लीलाकुमारी मुक्तानसहित ६ जनाले ३० करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले मंगलबार प्रमुख र उपप्रमुखसँगै नगरपालिकाकै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालिन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीको तत्कालीन प्रमुख मेथुर चौधरी विरुद्द भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाको वडा नम्बर चार र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल)निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड २९ लाख ३४ हजार ८९७ रकम हिनामिना तथा दुरुपयोग गरेको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

उनीहरु ६ जनालाई नै छुट्टा छुट्टै ३० करोड २९ लाख ३४ हजार ८९७ रकम विगो माग दाबी गरिएको छ ।

यसअघि मेयर थापाविरुद्ध अख्तियारले ५ करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ अकुत सम्पत्ति कमाएको ठहरसहित सोहीबमोजिमको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।