१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका छन् पवन
अ अ+ अ-

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त हुनुहुन्छ । फुर्सदको समयलाई सदुपयोग गर्दै उहाँ चित्र बनाइरहनुहुन्छ । गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुनुहुन्छ नेपाली ।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी–१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उहाँले बताउनुभयो । “चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै सुसी छु । यसले आम्दानी गर्न पनि सहज भएको छ”, नेपालीले भन्नुभयो ।

नेपालीले ढुङ्गा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसक्नुभएको छ । एसएलसी दिएपछि नै चित्रकला सुरु गर्नुभएका उहाँले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाउनुभयो । “पहिलेदेखि नै अलिअलि चित्रकोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो । सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला”, उहाँ भन्नुहुन्छ ।

पहिले शिक्षण पेसामा आबद्ध उहाँ हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत हुनुहुन्छ तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्रकोर्ने गर्नुहुन्छ । उहाँले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोेरेको उहाँ बताउनुहुन्छ । उहाँले अगाडि थप्नुभयो, “धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो । यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ । अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ ।” रासस