२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले नेपालको स्क्वाडमा राख्यो सन्दीपको नाम



file photo: can
अ+ अ-

काठमाडौँ । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेस्ट इन्डिजमा जारी पुरुष टी– २० क्रिकेट विश्वकपका लागि नेपाली टिममा स्पिनर सन्दीप लामिछानेको नाम राखेको छ ।

आईसीसीले मंगलबार सन्दीपको नाम राखेसँगै नेपाली टिममा १६ खेलाडी अटाएका छन् ।

सन्दीप नेपाली टिममा परेपनि बुधबार बिहान अमेरिकामा हुने श्रीलंकाविरुद्धको खेलमा अनुपस्थित हुनेछन् ।

अमेरिकाले भिसा नदिएका कारण सन्दीपले अमेरिकामा नेपालको दुवै खेल गुमाउने पुगेका हुन् । उनले वेस्ट इन्डिजमा हुने दुवै खेलमा सहभागी हुन पाउने भएका छन् ।

नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्नेछ ।

नेपाली टोली:

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख(विकेटकिपर), अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सन्दीप जोरा, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।