२० भाद्र २०८३, शनिबार
,
Latest
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– देश ठूलो कि जीबी राई ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले अपेक्षित काम गर्न नसकेको बताएका छन् ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक शाहीले यस्तो बताएका हुन् ।

पुराना दलहरूले काम गर्न सकेनन् भनेर निर्वाचित भएर आएका गृहमन्त्री लामिछानेले काम गर्न नसक्दा जनता निराश भएको उनले बताए । थन्किएर बसेका ठूला भाईलहरु खनेल्नुपर्ने बताउदै उनले भने, “यो संसद्‌‌मा हामी सुन्न आतुर छौँ गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? मेलम्ची, वाइडबडी कहिले ?”

जीबी राईलाई खोजेर ल्याउँछु भन्ने गृहमन्त्री चुपचाप लागेको भन्दै उनले भने, “आकाशमा भएपनि, पातालमा भएपनि खोजेर जीबी राई ल्याउँछु भन्ने गृहमन्त्री किन चुपचाप? आज दिनमा देश ठूलो कि जीबी राई ठूलो हो ?” ।