१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चैते धान भित्र्याउने चटारो

चैते धान भित्र्याउने चटारो
अ अ+ अ-

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उहाँले पाँच कठ्ठा जमिनमा चैते धान लगाउनुभएको छ । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दैआउनुभएको छ । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उहाँले बताउनुभयो ।

“अर्को वर्ष एक बिघामा चैते धान लगाउने सोच छ”, चौधरीले भन्नुभयो । चैते धान लगाएको सुुरुको वर्ष पाँच कठ्ठामा १० क्विन्टल उत्पादन भएको उहाँले बताउनुभयो । बर्खे धान सो जग्गामा ६ क्विन्टल उत्पादन भएको थियो । खानमा मिठो र उत्पादन बढी हुुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको चौधरीको भनाइ छ ।

चौधरीले जस्तै घोडाघोडी नगरपालिकाका ९० किसानले पाँच सय २१ कट्ठामा यस वर्ष चैते धान लगाएका छन् । कतिपय किसानले चैते धान भित्र्याइसकेका छन् । कोही भित्र्याउने तयारीमा छन । किसानलाई प्रोत्साहन गर्न घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कृत गर्दैआएको छ । पालिकाभित्रका चैते धान रोप्ने ९० किसानलाई प्रतिकट्ठा रु पाँच सयका दरले पुरस्कृत गरिएको कृषि शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिनुभयो ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय रुपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकाले किसानलाई प्रोत्साहित गरी उत्पादनमा जोड दिइएको उहाँले बताउनुभयो । घोडाघोडीसँगै कैलालीका अन्य पालिकाका किसान पनि चैते धान खेतीतर्फ आकर्षित भएका छन् । बर्सेनि बाढीका कारण बर्खे धान भित्र्याउन नपाएपछि सो क्षेत्रका बासिन्दा चैते धान लगाउन थालेका हुन् ।

पछिल्लो समय कैलालीका किसान चैते धान खेतीतर्फ आकर्षित हुँुदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुुख खगेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुुसार भजनी र टीकापुुर नगरपालिकाका साथै जोशीपुुर र कैलारी गाउँपालिकामा विगतदेखि नै चैते धान खेती लगाउने गरिएको छ । यी क्षेत्रमा वर्षातमा डुुबान हुुने भएकाले चैते धान लगाइन्छ । पछिल्ला वर्षहरुमा जिल्लाको घोडाघोडी, लम्किचुुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेतीलगाउने किसानको सङ्ख्या बढ्दै गएको प्रमुुख शर्माले बताउनुभयो । डुुबान हुुने क्षेत्रमा एक बाली मात्रै धान भित्र्याउने गरिन्छ । अन्य क्षेत्रमा चैते र बर्खे गरेर दुई बाली भित्र्याइने गरेको उहाँले बताउनुभयो ।

चैते धान लगाउँदा जिल्लाको धान उत्पादनमा वृद्धि भएको प्रमुुख शर्माले बताउनुभयो । उहाँका अनुुसार कैलाली जिल्लाभर गत वर्ष एक हजार एक सय हेक्टरमा चैते धान लगाइएको थियो । यसवर्ष एक हजार एक सय ५० हेक्टरमा चैते धान लगाइएको छ । चैते धान प्रति हेक्टर औषतमा पाँच टनका हिसाबले उत्पादन हुुने प्रमुुख शर्माले बताउनुभयो । गत वर्ष पाँच हजार पाँच सय टन धान उत्पादन भएकामा यसवण्र्ष पाँच हजार सात सय ५० टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

चैते धान खेतीका लागि सङ्घीय र प्रदेश सरकारका साथै स्थानीय तहले पनि विभिन्न कार्यक्रम ल्याएको छ । चैते धान खुला आकाशमुनी पर्याप्त सूर्यको प्रकाश पाउने भएकाले उत्पादन पनि बढी हुने प्रमुुख शर्माले बताउनुभयो । “यसमा रोग कीराको प्रकोपसमेत कम हुन्छ ।”