२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु



अ+ अ-

धनगढी । बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु भएको छ ।

सोमबार जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

अभ्यास गर्ने क्रममा बेहोस भएका धामीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता रहेका प्रवक्ता कुमार न्यौपानेले बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको छ ।