१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछ: उपप्रधानमन्त्री श्रेष्ठ

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछ: उपप्रधानमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताउनु भयो । समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको बताउनु भयो । सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताउनु भयो । उहाँले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तिर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोवल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिवद्ध रहेको बताउनु भयो ।